global ime bank Long Banner Ad

गृहपृष्ठ अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । अछामको साँफेबगरमा आयोजित कार्यक्रममा काठमाडौँस्थित जापानी दूतावासका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले उक्त सामग्री हस्तान्तरण गरे ।

जापान सरकारको ग्रामीण मानवसुरक्षा परियोजनाअन्तर्गत ‘ट्रमा’ र हाडजोर्नीसम्बन्धी शल्यक्रियाका लागि करिब ९० लाख बराबरका आवश्यक उपकरण हस्तान्तरण गरिएको यहाँस्थित जापानी दूतावासले जनाएको छ।

बयलपाटा अस्पतालबाट सुदूरपश्चिम प्रदेशको अछाम, बाजुरा र डोटी तथा कर्णाली प्रदेशको कालिकोट र दैलेख जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । प्रदेश र स्थानीय सरकार तथा गैरसकारी संस्थाको सहयोगमा सो अस्पताल सञ्चालन हुँदै आएको छ ।

त्यस अवसरमा कार्यवाहक राजदूत तामुराले जापानी सहयोगले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र दुई देशका जनताको मित्रतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु