global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण

साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण

साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण

साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ लोकार्पण गरिएको छ ।

आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार प्राडा गोविन्दराज भट्टराईले कृति लोकार्पण गर्दै देशाटनले संक्षेपमा देशका सबै जिल्ला घुमाएको अनुभूति भएको बताए ।

साहित्यकार तीर्थराज वन्तले लेखक पौडेल रेडक्रसकर्मीका नाताले नियमित रूपमा डायरी लेख्ने भएकाले कृति प्रकाशन गर्न सहज भएको उल्लेख गरे । समीक्षक राजकुमार बानियाँले जीवनको गतिशीलता नै यात्रा लेखनको चिनारी भएको बताए । कृतिकार श्रष्टा पौडेलले कृतिमाथि धारणा राख्दै सबै जिल्ला घुम्दाका सम्झना अहिले पनि ताजै भएर सल्बलाएको हुँदा देशाटनका रूपमा प्रकाशन गरेको भनाइ राखे ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले देशाटनले संस्मरण विधाको लोकप्रियतालाई बढाउने गरी न्यूमिडिया शैलीमा विश्वव्यापी बनाउने समेत जानकारी दिए ।

कृतिकार पौडेलका यसअघि रेडक्रकर्मी ‘ऊ’, ‘शिक्षाका ती दिन’ र ‘सयपत्री’ शीर्षकमा कृति प्रकाशित छन् । ‘देशाटन :घुम्दै, फिर्दै जिल्ला –जिल्ला’ २२४ पृष्ठको छ । यसको मूल्य ५०० राखिएको छ ।

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु