गृहपृष्ठ भीसा पाएका जापान जान योग्य श्रमिक माथीको ब्रम्हलुट विरुद्ध सर्वोच्चमा मुद्धा, सर्बोच्चद्धारा कारण देखाउ आदेश जारी
भीसा पाएका जापान जान योग्य श्रमिक माथीको ब्रम्हलुट विरुद्ध सर्वोच्चमा मुद्धा, सर्बोच्चद्धारा कारण देखाउ आदेश जारी
रोजगारीका लागि जापान जान भाषा र प्रशिक्षण सहित जापान अध्यागमनबाट योग्य ठहरिएका नेपाली श्रमिकहरु माथी ब्रम्हलुट गरेको भन्दै तीन सरकारी निकाय सहित एक कन्सल्टेन्सी बिरुद्ध सर्वोच्चमा दायर भएको मुद्धा उपर अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
श्रमका लागि प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रम (TITP) अन्तर्गत रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकहरूलाई जापान जानबाट वञ्चित गरिंदै अनेकन बाहानामा ब्रम्हलुट मच्चाइएको भन्दै सर्बोच्चमा दायर भएको रिट उपर अदालतले कारण देखाउ आदेश जारी गरेको हो । आइतबार अधिवक्ता खगेन्द्रप्रसाद चापागाई समेत उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सरकारी निकायको मिलेमतोमा जान नामक एक संगठनले सयौं योग्य भइसकेका श्रमीकमाथी दुवै देशको ऐन कानुन विपरित रकम असुल्ने तथा जापान जानबाट रोकेको भन्दै चार जना अधिवक्ताहरुले मुद्धा दायर गरेका थिए । अधिवक्ताहरु खगेन्द्रप्रसाद चापागाई, हसिना प्रधान , विशाल थापा र उमा पौडेलले दायर गरेको मुद्धामा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय , वैदेशिक रोजगार विभाग र जाइका अलुम्नाई एसोसिएसन नेपाल नामको संस्थाविरुद्ध मुद्धा दायर भएको थियो ।
खासगरी जाइका अलुम्नाई एसोसिएसन नेपालनामक संस्थालाई अनिवार्य रूपमा खडा गराई भिसा प्रक्रियामा सफल भैसकेका श्रमिकहरूलाइ रोक लगाइएको गम्भीर आरोप मुद्धामा उठाइएको छ।प्रशिक्षण र भाषा परीक्षा सफलतापूर्वक पूरा गरी प्रमाणपत्र या COE प्राप्त गरेका श्रमिकहरूलाई समेत जाइका अलुम्नाई एसोसिएसनले सिफारिस वा भाषा परीक्षा पास प्रमाणपत्र नहुँदासम्म जापान जान अनुमति नदिइनु संविधानप्रदत्त हक, वैदेशिक रोजगारीको अवसर र व्यक्तिगत स्वतन्त्रताको गम्भीर उल्लंघन भएको भन्दै मुद्धा दायर भएको थियो ।
(COE) जापानको अध्यागमन कार्यालय बाट जारी गरिने आधिकारिक कागजात हो, जसले श्रमिकलाई जापानको भिसा प्राप्त गर्न कानुनी योग्यता प्राप्त भएको प्रमाणित गर्छ।(COE) पाउनु भनेको श्रमिकले जापानमा रोजगारीका लागि आवश्यक कानुनी र प्राविधिक मापदण्ड पुरा गरिसकेको संकेत हो।तर नेपालमा भने, COE पाइसकेका श्रमिकहरूलाई जाइका अलुम्नाई एसोसिएसनद्वारा अनिवार्य भाषा परीक्षा पास नगरी भिसा प्रक्रिया अघि बढ्न दिइएको छैन।उक्त परीक्षा न जापानी सरकार, न दूतावास, न रोजगारदाता कम्पनीले अनिवार्य भनेको छ तैपनि जबरजस्ती बाद्य बनाएर त्यो प्रकृयामा सहभागी गराउने र रकम असुल्ने गरेको खुलेको छ । यदि रकम तिर्न नसके श्रम स्विकृति नलिएर उसलाइ जानबाट बञ्चीत गराउन सरकारी निकायकै मिलेमतोमा जानले मनोपरि गरिरहेको थियो ।
अधिवक्ता खगेन्द्र प्रसाद चापागाइले नेपाली श्रमिकहरुलाई अनाबश्यक तनाब दिएर भीजा प्राप्त भैसक्दा पनि जापान जानबाट बञ्चीत गराइएको र सरकारी निकायकै मिलेमतोमा जान नामक संस्थामार्फत ब्रम्हलुट मच्चाएपछि आफुहरु अदालत जान बाद्य भएको जनाए । उनले आफु वर्षौदेखि जापान बसेर व्यवसाय गर्दै आएको बताउदै जापान जान पुरा गर्नुपर्ने नियमबारे सबै जानकारी रहेकोले नेपालको यो ठगिधन्दा बिरुद्ध नेपाली श्रमिकको पक्षमा आफुहरु उभिएको र न्यायलयले पनि उचित निर्णय लिएको बताएका छन् ।
उनले भने “जाइका अलुम्नाई एसोसिएसनले सञ्चालन गर्ने भाषा परीक्षा प्रक्रिया न वैधानिक रूपमा आवश्यक छ, न त अन्तर्राष्ट्रिय मान्यता प्राप्त नै तर, श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागको अप्रत्यक्ष समर्थनमा JAAN लाई अनिवार्य निकाय बनाइ, श्रमिकहरूलाई रु. ३३०० भन्दा बढी शुल्क तिराएर पुनः परीक्षा दिन बाध्य पारिएको छ ” यो गैरकानुनी काम हो ।
एकजना सिओई प्राप्त गरेका नेपाली श्रमिकले भने “COE पाइसकेपछि पनि हामीलाई नेपालकै संस्थाबाट फेरि परीक्षा दिनु भनेको मानसिक र आर्थिक शोषण जस्तै हो ।” तैंपनि आवाज सुन्य कुनै निकाय भेटिएन । सिद्धान्ततः रोजगार प्रक्रिया सहज, पारदर्शी र प्रतिस्पर्धात्मक हुनु पर्ने हो। तर व्ब्ब्ल् लाई बिचौलिया बनाएर सिफारिस वा प्रमाणपत्रको नाममा बाधा सिर्जना गर्नुले प्रतिस्पर्धाको आत्मा र निष्पक्षता माथि चोट पुर्याएको सरोकारवालाहरु बताउछन् ।
जाइका अलुम्नाई एसोसिएसनलाई नेपालको कानुनले चिन्दैन: विभाग
वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराइले जाइका अलुम्नाई एसोसिएसन नामको संस्थालाई नेपालको कानुनले नचिन्ने प्रतिक्रिया दिए । उनले आफु भर्खरैमात्र सरुवा आएकाले के कसो भएको त्यसबारेमा कुनै जानकारी नरहेको जनाएका छन् । उनले त्यसबारे के कसो भएको हो अध्ययन गर्ने जनाएका छन् ।

प्रकाशित समय : २०:०३ बजे





















