global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चीनको कुल विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

चीनको कुल विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

चीनको कुल विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

चीनको कुल विद्युत् उत्पादन क्षमता २०२५ मे महिनाको अन्त्यसम्म ३.६१ अर्ब किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले वृद्धि भएको हो।

राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, कुल क्षमतामध्ये सौर्य ऊर्जाको योगदान उल्लेखनीय रहेको छ।

सौर्य विद्युत् उत्पादन क्षमता १.०८ अर्ब किलोवाट पुगेको छ, जसमा गत वर्षको तुलनामा ५६.९ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, पवन ऊर्जाको उत्पादन क्षमता पनि वृद्धि भई ५७ करोड किलोवाट पुगेको छ, जुन २३.१ प्रतिशतले बढेको हो।

लगानीको पक्षमा हेर्दा, मुख्य विद्युत् उत्पादन कम्पनीहरूले सन् २०२५ को जनवरीदेखि मे महिनासम्मका अवधिमा विद्युत् उत्पादन परियोजनाहरूमा कूल २५७.८ अर्ब युआन (अन्दाजी ३५.९५ अर्ब अमेरिकी डलर) लगानी गरेका छन्। यो लगानी अघिल्लो वर्षको तुलनामा ०.४ प्रतिशतले वृद्धि भएको हो।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु