global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिटी सफारीमा छुटेको ७७ हजार नगदसहितको झोला प्रहरीले फिर्ता गरायो

सिटी सफारीमा छुटेको ७७ हजार नगदसहितको झोला प्रहरीले फिर्ता गरायो

सिटी सफारीमा छुटेको ७७ हजार नगदसहितको झोला प्रहरीले फिर्ता गरायो

मोरङको विराटनगरमा सिटी सफारी भित्र छुटेको नगद र मोबाइलसहितको झोला प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

८० वर्षीय ईश्वर प्रसाद उपाध्यायले विराटनगर ५ स्थित जानकी चोकमा ओर्लिएपछि आफ्नो झोला सिटी सफारीमै छुटेको भनी प्रहरीमा निवेदन दिएका थिए। झोलाभित्र नगद सत्तहत्तर हजार पाँच सय, एक थान आइफोन मोबाइल र केही व्यक्तिगत कागजातहरू रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले निवेदनका आधारमा सीसीटीभी फुटेजको सहायताले खोजी गर्दा प्रदेश १–००–२ ह ३९३० नम्बरको सिटी सफारी पत्ता लागेको र सम्बन्धित सामान फेला पारिएको जनाएको छ ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु