global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एएफसी एसियन कप छनोट टोलीको बिदाइ

एएफसी एसियन कप छनोट टोलीको बिदाइ

एएफसी एसियन कप छनोट टोलीको बिदाइ प्रतिनिधिसभा बैठक काठमाडौँ, ९ असारः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ।

सोमबार काठमाडौँमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो।

बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टीमको तयारी निकै राम्रो भएको बताइन्। एएफसी एसियन कप छनोट नेपालीका लागि ठूलो मौका भएकाले यसमा राम्रो नजिता आउने गरी प्रदर्शन गर्ने उनले बताइन्।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारीले एसियन कप छनोटका साथै सबै खेलाडी उत्साहित रहेको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक प्याट्रिक डे वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताए।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु