global ime bank Long Banner Ad

गृहपृष्ठ आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक

सूर्योदय नगरपालिकाले किसानको क्षमता विकास, ज्ञान आदानप्रदान र विषादी न्यून खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित एकीकृत कीट व्यवस्थापन ९आइपिएम ० कृषक पाठशाला कार्यक्रम वडा नं १ मकरजुङ र वडा नं १३ लक्ष्मीपुरमा विस्तार गरेको छ । नगरपालिकाले सो कार्यक्रम विसं २०७५ देखि कार्यान्वयनमा ल्याएको थियो ।

यस कार्यक्रमअन्तर्गत प्रत्येक समूहमा २५ जना किसान सहभागी छन् । हाल पाठशालामा अकबरे खुर्सानीको जैविक खेती विषयमा प्रशिक्षण तथा व्यावहारिक अभ्यास जारी रहेको सूर्योदय नगरपालिका कृषि शाखाका प्रमुख प्रज्ञा पोखरेलले बताए ।

प्रशिक्षक खेमराज भट्टराईका अनुसार पाठशालामा सहभागी किसानलाई एक यामको अवधिमा बालीको सम्पूर्ण जीवनचक्र हेर्न र सिक्न सक्ने अवसर प्रदान गरिन्छ । सहभागीहरूले खेतबारीमै प्रयोगात्मक सिकाइ गर्दैछन् । “हामीले यसपटक खेतमै सिक्ने, गरिखाने र कम विषादी प्रयोग गर्ने तरिका बुझेका छौँ”, सूर्योदय–१ की कविता सापकोटाले भन्नुभयो । आइपिएम विधिले विषादीको प्रयोग न्यून गर्दै उत्पादनमा गुणस्तर वृद्धि गर्ने भएकाले स्थानीय सरकार यस विधिलाई विस्तार गर्ने तयारीमा रहेको नगरप्रमुख रणबहादुर राईले बताए ।

उनका अनुसार, नगरपालिकाले आगामी वर्ष अन्य वडामा पनि पाठशाला विस्तार गर्ने योजना बनाएको छ, यसबाट स्थानीयस्तरमै किसान आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु