काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

3.26K
shares

जुम्लाको सिंजा गाउँपालिकाभित्रका छ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पारभएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ ।

उनले भने, “सिंजा–३ मा रहेको नराकोट स्वास्थ्यचौकी, वडा नं १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नं ५ स्थिति शनिगाउँस्थित स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ । यसैगरी आधारभुत स्वास्थ्य केन्द्र वडा नं २ को विष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नं ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द वडा नं ६ मा रहेको स्वास्थ्यचौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।”

यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।