‘जाउँ है पाेखरा’ अभियान लिएर कर्णाली पुगे पाेख्रेली
वि.सं.२०८२ असार १ आइतवार ११:०६
shares

कर्णाली र गण्डकी प्रदेशकाे आन्तरिक पर्यटन प्रवर्द्धनकाे अभियान लिएर पाेखराका हाेटल व्यवसायीहरू कर्णाली पुगेका छन् । आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाेटल संघ पाेखरा ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली पुगेकाे हाे ।
आन्तरिक पर्यटक नै दिगाे पर्यटन विकास भन्ने मूल मर्मका साथ घुम्ने बानीकाे विकास गराउन अभियान लिएर पश्चिम नेपालकाे यात्रामा निस्किएकाे हाेटल संघ पाेखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कर्णाली र गण्डकी प्रदेशकाे पर्यटकीय सम्भावना केलाउँदै पर्यटकलाई अन्तरप्रदेश आवतजावतमा जोड्नु अभियानकाे मुख्य उद्देश्य रहेकाे उनले बताए ।
‘नेपालीहरूको भ्रमण गर्ने संख्यामा वृद्धि हुँदै गएको अवस्थामा विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने हाम्रो उद्देश्य हो,’ उनले भने । गत वर्षकाे फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा अभियान सम्पन्न गरिएकाे उनले बताए ।

























