global ime bank Long Banner Ad

गृहपृष्ठ दरबारमार्गको ‘हार्ड रक क्याफे’ले मनायो जन्मोत्सव, लन्च गर्यो छोयला बर्गर

दरबारमार्गको ‘हार्ड रक क्याफे’ले मनायो जन्मोत्सव, लन्च गर्यो छोयला बर्गर

दरबारमार्गको ‘हार्ड रक क्याफे’ले मनायो जन्मोत्सव, लन्च गर्यो छोयला बर्गर

काठमाडौँ । दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज ‘हार्ड रक क्याफे’ काठमाडौंले ५४ औं जन्मोत्सव मनाएको छ । शनिवार एक कार्यक्रम आयोजना गरी हार्ड रक क्याफे काठमाडौंले जन्मोत्सव मनाएको हो ।

क्याफेले विश्वभर १७० भन्दा बढी आउटलेटहरुले एकैपटक ५४ जन्मोत्सव मनाएको छ । सोही अवसर पारेर काठमाडौंस्थित दरबारमार्गमा रहेको हार्ड रक क्याफे काठमाडौँले पनि ५४ जन्मोत्सव मनाएको छ ।

हार्ड रक क्याफेले नेपाली स्वाद अनुसार छोयला बर्गर लन्चिङ सुरूवात गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार हरेक क्याफेले सहरका स्थानीय स्वाद अनुसार आ–आफ्नो बर्गर लन्चिङ गर्दैछन् । काठमाडौंको हार्ड रक क्याफेले पनि छोयला बर्गर लन्चिङ तथा प्रदर्शन गरेको हो ।

छोयला बर्गर क्याफेका सेफ विप्लभ महर्जनले गरेका हुन् । ’गत वर्षको जन्मोत्सवमा पनि यसैगरी बर्गर लन्चिङ गरेको थियो । काठमाडौँ बर्गर लन्चिङ गरेको थियो । विश्वभर उत्कृष्ट पाचौँमा परेको थियो,’ सुवेदीले भने,’ हामीले खानामात्र नभइ नेपालको पर्यटन क्षेत्रमा पनि योगदान गरिरहेका छौँ ।’
हार्ड रक क्याफेको सुभिनियर सप समेत रहेको छ । हार्ड रक क्याफेको काठमाडौंको सुभिनियरमा टिसर्ट, मग र ग्लास पाइने सुवेदीले जानकारी दिए । पाटनमा पनि सुभिनियर सप रहेको । ठमेलमा पनि सुभिनियर नयाँ सप खोल्ने योजना रहेको उनले जानकारी दिए ।

’हार्ड रक क्याफे पोखरा’ पनि पोखरामा सुरूवात गर्न लागेको उनले उल्लेख गरे । विकिन्डमा सांगीतिक कार्यक्रम रहने गरेको सुवेदीले बताए ।

त्यसैगरी क्याफेमा अन्तर्राष्ट्रिय स्तर अनुसार खानाको सेवा दिइरहेको उनले जानकारी दिए । सुवेदीले शुक्रवार र शनिवार सेवाग्राहीको बढी भीडभाड रहने गरेको बताए ।

डेनमार्कको वाणिज्य दूत हरि धरेल र सेफ गोविन्द नरसिंह केसीको उपस्थिति रहेको थियो । काठमाडौँमा सन् २०२१ नोभेम्बरमा स्थापना भएको हो ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु