सशस्त्र प्रहरीद्धारा पाँच करोड राजस्व संकलन
वि.सं.२०८२ जेठ २३ शुक्रवार १६:२८
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालू आर्थिक वर्षमा पाँच करोडभन्दा बढी राजस्व संकलन गरेको छ। सशस्त्र प्रहरी बलले चालू आवको प्रथम १० महिनामा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।
चालू आवको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मंसिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा ७१ लाख ६८ हजार २९८, माघमा ४० लाख ३२ हजार ६५५ राजस्व संकलन भएको छ।
त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख एक हजार ३८७ र जेठमा ३५ लाख ६५ हजार ५५० गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन भएको छ।






















