गृहपृष्ठ मैत्रीपूर्ण फुटबलमा हङकङविरुद्ध नेपालको गोलरहित बराबरी

मैत्रीपूर्ण फुटबलमा हङकङविरुद्ध नेपालको गोलरहित बराबरी

मैत्रीपूर्ण फुटबलमा हङकङविरुद्ध नेपालको गोलरहित बराबरी

नेपाल र हङकङबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ । हङकङको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्न असफल भए ।

खेलको पहिलो हाफदेखि नै हङकङले केही उल्लेखनीय अवसर सिर्जना गरे पनि ती अवसरलाई गोलमा परिणत गर्न सकेन । नेपाली टोलीले भने सुरक्षात्मक खेलप्रणाली अपनाउँदै प्रतिस्पर्धात्मक प्रदर्शन गर्‍यो ।

नेपाल दोस्रो हाफको इन्ज्युरी समयमा १० खेलाडीमा सीमित हुन बाध्य भयो। डिफेन्डर मणी लामाले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिनु पर्‍यो । प्रशिक्षक म्याट रसले दोस्रो हाफमा सिर्जन राज गौतमलाई मैदानमा उतार्दै राष्ट्रिय टोलीका लागि डेब्यु गर्ने अवसर प्रदान गरे ।

यो खेल एसियन कप छनोटअघि नेपाली टोलीको तयारीको एक हिस्सा हो । नेपालले अब छनोट चरणअन्तर्गत १९ जुनमा लाओसको सामना गर्नेछ । पहिलो खेलमा नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु