गृहपृष्ठ सिटिजन्स बैंकको स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना सार्वजनिक
सिटिजन्स बैंकको स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा सजिलो घर र सवारी कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ पाँच वर्षका लागि स्थिर कर्जा योजना ल्याएको हो ।
यस्तै, बैंकले तीन वर्षको लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना पनि ल्याएको छ । यो योजना घर कर्जामा पाँच वर्षसम्म स्थिर र सवारीसाधन कर्जामा तीन वर्षसम्म स्थिर ब्याजदर रहने बैंकले जनाएको छ ।
स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने उल्लेख गरेको छ । यस आकर्षक योजनामा सहभागी हुनको लागि ग्राहकहरूले नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
हालै बैंकले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
प्रकाशित समय : १८:०७ बजे


















