global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसके पछि बिहिवार १ः०० बजेका लागि बैठक बोलाइएको हो ।

हिजो संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो ३ः१५ को समय सरेको जानकारी दिएको थियो । तर, त्यसमा पनि सहमति नभए पछि बिहिवार दिउँसो १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन् ।

सहमति जुटाउनका लागि हिजो सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सभामुखको सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षीका प्रमुख सचेतकहरूले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुटन सकिरहेको छैन् ।

प्रकाशित समय : ०६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु