काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पोखरामा दीर्घकालिन पुनःस्थापना केन्द सञ्चालनमा

1.4K
shares

गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहत गण्डकी प्रदेश दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना  गरिएको छ ।

पोखरा महानगरपालिका–३३ पुष्पवस्तीमा निर्मित केन्द्रको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभरम्भ गरे । सो अवसरमा प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए ।

पुनस्थापना केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशेढुङ्गा सावित जनाउँदै प्रदेश सरकारको ७०५ र पोखरा महानगरको ३०५ लगानीमा केन्द्र सञ्चालन हुने जानकारी गराए ।

प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको उल्लेख गर्दै मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात भएको बताए ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द सञ्चालनमा गण्डकी सरकारबाट कुुनै समस्या नरहने र बजेट व्यवस्थापन समेत त्यही अनुरूप हुने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आर्थिक स्रोतकै अभावका कारण योजना अलपत्र पर्नु नहुने बताउँदै प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य जानकारी गराए ।

गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, कोपिला नेपालकी विना सिलवाललगायतले केन्द्रको प्रभावकारी उपयोग हुनुपर्ने बताए ।

केन्द्रको शुभारम्भसँगै घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरी, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाको दीर्घकालीन पुनःस्थापनाको थालनी हुने विश्वास लिइएको छ ।