काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्य हुने

2.29K
shares

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो ।

यस्तै, महासंघ र विश्वविद्यालयबीच पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यताका विषयमा थप छलफल गर्ने समझदारी भएको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाहरूबीचको खाडललाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । यस्तो सहकार्यका लागि हामी सकारात्मक नै छौँ, उनले भने ।