काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यू-१६ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

2.84K
shares

सुर्खेतमा हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता जेठ १९ (२ जुन )देखि सुरु हुनेछ ।

खेल कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा खेलाइनेछ । उद्घाटन खेल कर्णाली र मधेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल १४ जुनमा हुनेछ ।

प्रतियोगितामा सात प्रदेशका टोली सहभागी भएका छन् । कर्णाली, मधेश, सुदूरपश्चिम, कोशी, बागमती, लुम्बिनी र गण्डकीका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।