कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
वि.सं.२०८२ जेठ ६ मंगलवार १४:४३
shares

काठमाडौँ । नेपालमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।
यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।






















