global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुख्यमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

मुख्यमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

मुख्यमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थालगायत विविध विषयमा छलफल गरेका छन ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षासम्बन्धी समसमायिक विषयमा छलफल गरेका हुन । छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र चोरीका घटना वृद्धि भएको अवस्थामा सीमामा निगरानी कडाइ गरिएको सुरक्षा निकायले छलफलमा जानकारी गराएका छन् । लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीलाई समात्न सुरक्षा प्रभावकारिता बढाइएको सुरक्षा निकायका प्रमुखले बताएका छन् ।

छलफलमा प्रदेश सरकारका मन्त्री, सचिव, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधिलगायत सहभागिता थिए ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु