global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्छ’

‘टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्छ’

‘टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्छ’

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले टीकापुरलाई शिक्षाको हबका रूपमा विकास गर्नुपर्ने बताएका छन ।

टीकापुर बहुमुखी क्याम्पसको आयोजनामा खोज तथा अनुसन्धानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै आज उनले शिक्षाको माध्यमबाट टीकापुरलाई राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने हुँदा त्यसतर्फ लाग्न आग्रह गरे ।

शिक्षा क्षेत्रका लागि टीकापुर क्षेत्र पहिलेदेखि अग्रस्थानमा रहेकाले शैक्षिक गुणस्तर कायम गर्न यहाँ सञ्चालित शैक्षिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

शिक्षा क्षेत्रले नै राष्ट्र र राष्ट्रियताको समग्र विकासमा योगदान पुर्याउन महत्तवपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । उनले राष्ट्रिय सम्मेलनले यहाँको शिक्षास्तर उकास्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आजदेखि सुरु भएको सम्मेलनमा देशभरका आठवटा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विधा (भाषा, साहित्य व्यवस्थापन, समाजशास्त्र, संस्कृति, विज्ञान तथा प्रविधि र कृषि विज्ञान)मा जम्मा ८१ वटा अनुसन्धान तथा खोजमूलक कार्यपत्रहरू प्रस्तुति गरिने बताइएको छ ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन, स्थानीय तहका प्रमुख, क्याम्पस तथा विद्यालयका प्रमुख गरी २०० जनाको सहभागिता छ ।

शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले प्रस्तुतीकरण गर्ने कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पसका अनुसन्धान तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराज पौड्यालले कार्यक्रमको संयोजन गरेका थिए ।

प्रकाशित समय : २०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु