global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ तेस्रो त्रैमासमा एनएमबि र एनआइसी एसियालघुवित्तले कति नाफा गरे ?

तेस्रो त्रैमासमा एनएमबि र एनआइसी एसियालघुवित्तले कति नाफा गरे ?

तेस्रो त्रैमासमा एनएमबि र एनआइसी एसियालघुवित्तले कति नाफा गरे ?

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो ।

एनएमबि लघुवित्तले चैतसम्म २७ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ५८.८८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा एनएमबिले १७ करोड ५३ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।

यसैगरी, चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी ६२ करोड ७२ लाखबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन खर्च ५१ करोड ८ लाखबाट बढेर ६२ करोड ६७ लाख पुगेको छ । १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ रहेको छ ।

 

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु