गृहपृष्ठ कस्ता उद्यमीले पाउँछन् स्टार्टअप कर्जा ?
कस्ता उद्यमीले पाउँछन् स्टार्टअप कर्जा ?
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ मा स्टार्टअप उद्यमको योग्यता निर्धारण गरिएको छ । कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भई दश वर्ष ननाघेको हुनुपर्नेछ ।
प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रूपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको, नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएका उद्यमले यस्तो कर्जा पाउनेछन ।
प्रचलित कानुनबमोजिम उद्योगका रूपमा दर्ता नभएको, वस्तु तथा सेवा विदेशबाट आयात गरी बिक्रीवितरण गर्ने गरेको, कालो सूचीमा परेको तथा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम होल्डिङ तथा लगानी कम्पनीका रूपमा दर्ता भएको उद्यमलाई स्टार्टअप कर्जाका लागि योग्य मानिने छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ ।
सो कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरण मात्रै बनाएको छैन, रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ ।
यी हुन् स्टार्टअप उद्यमका क्षेत्र
१.कृषि, सिँचाइ तथा पशुपन्छीमा आधारित उद्यम
२.उत्पादनमूलक उद्यम
३.वन (जडीबुटी, वन पैदावार) मा आधारित उद्यमस
४.पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित उद्यम
५.विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यम
६.मानव स्वास्थ्य सेवासँग सम्बन्धित उद्यम
७.शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित उद्यम,
८.सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित उद्यमस
९.पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित उद्यमस
१०.विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित उद्यम
११.परम्परागत तथा ग्रामीण प्रविधिसँग सम्बन्धित उद्यम
१२.स्थानीय स्रोत तथा साधनमा आधारित उद्यम
१३.सार्वजनिक सेवा प्रवाह, उत्पादन तथा सेवा प्रक्रियामा सुधारसँग सम्बन्धित उद्यम
१४.खानी तथा खनिजको अनुसन्धान र विकाससँग सम्बन्धित उद्यम
१५.घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका कार्यसँग सम्बन्धित उद्यम
१६.वस्तु वा सेवाको वितरण प्रणालीसँग सम्बन्धित उद्यम
१७.परम्परागत पेसा तथा उद्यमको पुनर्जागरणसँग सम्बन्धित उद्यम
१८.खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित उद्यम
१९.र, फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित उद्यम
प्रकाशित समय : १२:१२ बजे


















