गृहपृष्ठ न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डधारकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा उनका परिवारजन एवं बैंकका डेबिट तथा क्रेडिट कार्डधारकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लिमिटेडका सम्बन्धित प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ । यस अवधिमा बैंकका योग्य कर्मचारी, परिवारजन तथा डेबिट–क्रेडिट कार्डधारकले उक्त छुट सुविधा लिन सक्नेछन् ।

प्रभु बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकका अनुसार देशभर ३०० शाखा कार्यालय, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । यी सञ्जालमार्फत बैंकले ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ ।

गुणस्तरीय बैंकिङ सेवा विस्तारसँगै ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित समय : १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु