global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान

इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान

इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान

विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ ।

प्यालेस्टिनी जनताको समर्थनमा यमनसँगको एकतामा लिइएको स्वतन्त्र निर्णय भएको इरानको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रले बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा गहिरो खाडल पारेको छ जसमा छ जना घाइते हुनुका साथै केही समयका लागि उडानहरू अवरूद्ध भएका थिए ।

इरान समर्थित हुथीहरूले बेन गुरियनविरुद्ध ‘हाइपरसोनिक ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको र इजरायली एयरपोर्टहरूमा थप आक्रमणको चेतावनी दिँदै जिम्मेवारी लिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणका लागि हुथी र इरानलाई कडा जवाफ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

टेलिग्राममा प्रकाशित एक भिडियोमा नेतान्याहूले इजरायलले विगतमा हुथीहरू विरुद्ध ‘कारबाही गरेको र हुथी समूहले इजरायली विमानस्थलमा गरेको पछिल्लो आक्रमणको भविष्यमा जवाफ दिने बताएको छ ।

यी चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानले सोमबार आफ्नो भूभागमा हुने कुनै पनि आक्रमणको बदला लिने चेतावनी दिएको छ ।

इरानले आफ्ना रक्षार्थ लड्ने दृढ संकल्प व्यक्त गर्दै इजरायल र अमेरिकालाई उाीहरूको आक्रमणको ‘परिणाम’ बारे सोचेर अघि बढ्न चेतावनी दिइएको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु