global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालमै उत्पादन भएको गुणस्तरयुक्त टायल्स प्रयोग गर्न सुझाव

नेपालमै उत्पादन भएको गुणस्तरयुक्त टायल्स प्रयोग गर्न सुझाव

नेपालमै उत्पादन भएको गुणस्तरयुक्त टायल्स प्रयोग गर्न सुझाव

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमै उत्पादन भएको गुणस्तरयुक्त टायललाई अब निर्माण हुने नयाँ भवनहरुमा बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउनुपर्ने बताएका छन् ।

सोमबार लेमिनार टायल्स यक्सपेरियन्स् सेन्टरको उदघाटन कार्यक्रममा उनले नेपालमा नै बनेको टायललाई पूर्वाधार विकास, भवन, होटल, हस्पिटल, निजी घर बनाउँदा प्रयोग गर्न सकिने बताए ।

उनले भने, ‘पूर्वाधार विकास गर्दा, भवन, होटल, हस्पिटल, निजी घर बनाउँदा लेमिनार टायल्सको प्रयोग गर्न सकिन्छ । यो लेमिनार टायल्स् नेपालमा नै बनेको हो । गुणस्तरयुक्त नेपालमा नै बनेको यो टायललाई अब निर्माण हुने नयाँ भवनहरुमा बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउनुपर्छ ।’

यस्तै, उनले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनको लागि स्वदेशमा नै बनेको सामग्रीहरुको प्रयोगलाई बढाउनुपर्ने बताए ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु