global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रतिभा पहिचानार्थ ‘गण्डकी लोकतारा’ हुने

प्रतिभा पहिचानार्थ ‘गण्डकी लोकतारा’ हुने

प्रतिभा पहिचानार्थ ‘गण्डकी लोकतारा’ हुने

राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’ हुने भएको छ । प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा रहेका प्रतिष्ठानका जिल्ला समितिले आगामी जेठ २० गतेसम्म ‘अडिसन’ सञ्चालन गरी छनोटमा परेका प्रतिभाको नाम प्रदेश समितिमा पठाउने छन् ।

“प्रतियोगिताको फाइनल प्रतिस्पर्धा विश्वसङ्गीत दिवसको अवसर पारेर आगामी असार ७ गते पोखरामा आयोजना हुनेछ”, उनले भने, “निर्णायकमा लोकसङ्गीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरु रहनुहुनेछ ।”

प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा प्रथम पुरस्कार ‘गण्डकी लोकतारा’ उपाधिसहित ५१ हजार १११, द्वितीयलाई ३१ हजार १११, तृतीयलाई २१ हजार १११ र सान्त्वना पुरस्कार ११ हजार १११ राखिएको छ ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु