काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘सगरमाथा संवाद सफल बनाउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ’

1.38K
shares

सगरमाथा संवाद सफल बनाउन मिडिया(सञ्चारमाध्यम)ले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । आज प्रेस काउन्सिल नेपालले आयोजना गरेको जलवायु परिवर्तन, सगरमाथा संवाद र मिडियाको भूमिका विषयक संवादका वक्ताहरूले सगरमाथा संवादलाई सफल बनाउन नेपाली मिडियाहरूले प्रथामिकताका साथ समाचार सम्प्रेषण गर्ने र सर्वसाधरणलाई सुसूचित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनको बहसलाई आम जनतासम्म पुर्‍याउने, नीति निर्मातामाथि दबाब सिर्जना गर्ने र नेपालजस्ता हिमाली मुलुकमा जलवायु परिवर्तनले पुर्‍याएको असरमा विश्व समुदायको ध्यानाकर्षण गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ ।

मिडियाले जलवायु सङ्कटको असरबारे स्पष्ट र वैज्ञानिक रूपमा जानकारी दिन संवादको तयारीदेखि कार्यान्वयनसम्मका चरणमा रिपोर्टिङ गरेर आम नागरिकमा जलवायु न्याय र दिगो भविष्यप्रति चेतना जगाउन मिडियाको महत्त्वपूर्ण भूमिका रहेको सरोकारवालाले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले सगरमाथा संवादलाई सफल बनाउन, सूचनालााई सरल भाषमा सर्वसाधरणसामु पुर्‍याउनका लागि र मिडियाले सवाल उठाउने, बहस गराउने र निष्कर्ष सार्वजनिक गर्न महत्त्वपूर्ण भूमिका रहेको बताए ।

“जलवायु परिवर्र्तनका कारण खानेपानीका मुहान सुक्दै गइरहेको छ । हिमालका हिउँ पग्लँदै गइरहेका छन् । कृषि क्षेत्रमा असर पुगको छ । जलवायुजन्य विपद्का घटना बढिरहेको छ,” उनले भने, “सगरमाथा संंवादमा स्थानीय तहमा पुगेको जलवायुजन्य यस्ता समस्या मिडायमार्फत बाहिर ल्याउनुपर्छ । सबै मिडिया एकजुट भएर सगरमाथा संवादका सूचना प्रवाह गरोस् ।”

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाको माध्यमबाट स्थानीय बासिन्दा—विशेषतः जलवायु सङ्कटबाट प्रत्यक्ष प्रभावित आदिवासी, महिला र युवाको आवाज सङ्कलन गरी अन्तरराष्ट्रिय ‘प्लेटफर्म’मा पुर्‍याउने काम मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिए ।

“सगरमाथाका विषयमा मिडियाको विषयवस्तु कस्तो हुनुपर्छ ? अहिलेको मुख्य चुनौती केके छन् ? सगरमाथा संवादलाई कसरी सफल बनाउने भनेर विश्वको ध्यान आकर्षण गराउने गरी मिडियाले सहयोग गर्नुपर्छ,” उनले भने, “सगरमाथा संवादमा सहभागी राष्ट्र, सङ्घसंस्था र सरकारबीच भएका छलफल तथा प्रतिबद्धता पारदर्शी बनाउन मिडियाले तथ्यमा आधारित रिपोर्टिङ र अनुसन्धानात्मक पत्रकारिता गर्नुपर्छ ।”

सगरमाथा संवादमा मिडियाको भूमिका प्रभावकारी बनाउन स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय मिडियालाई सही उपयोग गर्नुपर्नेमा सञ्चारकर्मीको जोड रहेको छ । सञ्चारकर्मी कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुवेदीले मिडियाको भूमिकाबारे प्रस्तुतिकरण गरे ।