काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशी प्रदेश : लगानी सम्मेलनको तयारी पूरा

1.57K
shares

कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ। विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी वैशाख १८ र १९ गते गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको हो।

प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरु सोकेसिङ गर्ने भएको छ।

जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटीलगायतका क्षेत्रहरु छन्। प्रदेश सरकारले यी परियोजनाहरूलाई सफल बनाउन आठवटा कानून अध्यादेशमार्फत संशोधन गरेको छ। यसले प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरेको कोइरालाको दाबी छ।

लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयकमा छलफल हुनेछ।