काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शिक्षकसँगको बार्तामा गृहमन्त्री लेखकको इन्ट्री

3.76K
shares

सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा वार्ता जारी रहेको छ। हिजो राती अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेबाट पुनः वार्ता सुरू भएको हो । सो बार्ता शिक्षा, विज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तको नेतृत्वमा शिक्षा मन्त्रालयमा जारी रहेको छ ।

बार्ता जारी रहेका बखतमा गृह मन्त्री रमेश लेखक पनि प्रवेश गरेका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।

दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो । यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर(माइतीघर खण्डमा जारी राखेको अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी दिए ।