गृहपृष्ठ आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त
आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त
अन्तर्राष्ट्रिय रेड क्रस समिति(आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा युद्धको पुनः सुरुवातसँगै ‘नयाँ नरक’ को थालनी भएको बताएका छन ।
उनले भने, “गाजा अहिले धेरै समस्याहरूको सामना गर्दै छ । युद्धविरामले मानिसहरूलाई राहत दिएको जस्तो लाग्यो, तर अब स्थिति अझै खराब भएको छ ।”
“यसमा इजरायलका बन्धकहरूको परिवारको दुख र गाजामा ४०० भन्दा बढी सहायताकर्मी र एक हजार स्वास्थ्यकर्मीको मृत्यु पनि छ,” उनले थपे । “यो सङ्कट र अमानवीकरण धेरै वर्षसम्म हामीलाई असर गर्नेछ,” क्राहनबुलले भने ।
युद्धविराम जनवरी १९, सन् २०२५ मा लागू भएको थियो, जसले १५ महिना लामो लडाइँलाई रोक्न प्रयास गरेको थियो । तर, मार्च १८, सन् २०२५ मा इजरायलले आफ्नो सैन्य आक्रमण पुनः सुरु ग-यो ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि ५२ हजार २४३ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय : १६:४० बजे



















