global ime bank Long Banner Ad

गृहपृष्ठ ९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ८४ करोड

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ८४ करोड

९ महिनामा कृषि विकास बैंकको नाफा १ अर्ब ८४ करोड CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

कृषि विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य सूचक भने सुधारउन्मुख नै देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.१७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १४.९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब २० करोड रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा २ अर्ब ६७ करोड ४६ लाखबाट घटेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड ८६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा भने ४.९८ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु