गृहपृष्ठ कांग्रेसनिकट महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा
कांग्रेसनिकट महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।
संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासमक्ष सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिने केन्द्रीय सदस्यहरूले महिला संघल विधानबमोजिम कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको आरोप लगाएका छन्।
पारदर्शी तवरमा संगठनको क्रियाकलापहरू सञ्चालन गर्न आग्रह गरे पनि अध्यक्षले सुनुवाइ र पहल नगरेका कारण केन्द्रीय सदस्यबाट राजीनामा गर्न बाध्य भएको राजीनामा पत्रमा उल्लेख छ।
प्रकाशित समय : १६:५९ बजे