global ime bank Long Banner Ad

गृहपृष्ठ केपी ओली कप टी २० क्रिकेट : हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

केपी ओली कप टी २० क्रिकेट : हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

केपी ओली कप टी २० क्रिकेट : हिमाल फ्रेन्ड्स सेमिफाइनलमा

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ । आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेस प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ ।

१०२ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । तुलबहादुर थापाले २८ रनको अविजित पारी खेले उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे । सन्दीप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनाल २ रनमै आउट भए । रञ्जित खत्रीले २१, प्रज्वल थापा ६, निश्चल चौधरी ७ र मोहम्मद हुसेन ८ रनमा आउट भए । कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवास भण्डारीले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनायो । कर्णालीका लागि सुवास भण्डारीले २६ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका प्रहार गरे । सौरभ सकर्मीले २३ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । विपिन शाहीले १९ तथा कृष्ण कार्कीले १३ रनको योगदान दिए । नरेन्द्र सन्जाल र दीपेन्द्र यादव समान ५-५ रनमा नट आउट रहे । ओपनर आदित्य विक्रम शाह र अरुण ऐरी शून्यमै पेभिलियन फर्किए भने रविन्द्रजंग शाही १, हिमांशु शाही ८, राजप्रसाद शाह १ रनमा आउट भए ।

लुम्बिनीका लागि एक लाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजय कुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १-१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच एक लाख अहमेद घोषित भए ।

दोस्रो खेलमा वर्षा बाधक बन्दा मधेसलाई घाटा हुन पुग्यो । ११ ओभरको खेल सकिँदासम्म मधेस ६४ रन बनाउँदा ४ विकेट गुमाएको स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डीएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेसका ओपनर रोहण विकले ३० रनको योगदान दिएका थिए । उनले २७ बलमा ४ चौका प्रहार गरे । रवि सिंहले १८ रन बनाए । उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक्युव अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए । विशाल सुस्लिङ ३ र दीपेश दास १ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । आयु चन्दले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अभिनाश सिंहले १६ रनको योगदान दिए । अरुण दानी १५ रनमा नट आउट रहे । सञ्जय बोहराले २२ रनको योगदान दिए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर सुबोध ऐरी ८, सुनम बुढाथोकी, दीपक रोकाया र अविनाश बस्याल शून्य, सन्दीप भण्डारी ५ तथा मनसुन सिंह ३ रनमा आउट भए । मधेसका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंह र प्रदीप पासवानले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दीपक रोकाया घोषित भए ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु