काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

म्यान्मामा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड

1.99K
shares

म्यान्मामा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ ।

म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चेत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यान्मामा २.८ देखि ७.५ म्याग्निच्यूडसम्मका ११२ वटा परकम्प गएका हुन् ।

गत मार्च २८ मा गएको ७.९ म्याग्नीच्यूडको विनाशकारी भूकम्पका कारण तीन हजार ६४५ जनाको मृत्यु भएको र पाँच हजारभन्दा व्यक्ति घाइते भएका त्यहाँको सरकारले जनाएको छ ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले मङ्गलबारसम्म जारी गरेको विज्ञप्तिमा मारिनेको सङ्ख्या तीन हजार ६४५ पुगेको छ भने पाँच हजार १७ जना घाइते भएका छन् भने १४८ जना अझै हराइरहेका छन् ।