काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उच्च अदालतले राेक्याे वडाध्यक्षको कार्यवाहक जिम्मेवारी

1.91K
shares

मोरङको ग्रामथान गाउँपालिकामा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा अदालतले रोक लगाइदिएको छ । उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत वडाध्यक्षलाई दिइएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै गापा अध्यक्ष नमोनारायण माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएर चीन भ्रमण गएका थिए । वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपाध्यक्ष थारूले उच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।

उच्चका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले बिहीबार उपाध्यक्ष थारूको रिटमाथिको सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

‘गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाटै देखिएको’ उच्च अदालतको अन्तरिम आदेशमा उल्लेख छ ।