काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बूढानीलकण्ठ नगरपालिकासँग कर्णालीका चार पालिकाको शैक्षिक समझदारीमा सम्झौता

2.17K
shares

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले कर्णालीका दुई जिल्लाका चार पालिकासँग शैक्षिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जाजरकोटको कुशे गाउँपालिका र ठूलीभेरी नगरपालिका तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा शैक्षिक समझदारीपत्रमा हस्ताक्षर भएको बूढानीलकण्ठका शिक्षा महाशाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहले जानकारी दिए । उनका अनुसार बुधबार डोल्पाका दुई स्थानीय तह र आज जाजरकोटका दुई स्थानीय तहसँग शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाका तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे । जाजरकोटको भेरी नगरपालिकाका तर्फबाट उपप्रमुख सीता जैसी, कुशे गाउँपालिकाका तर्फबाट देवीका सिंहले हस्ताक्षर गरेका थ्एि । बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरप्रमुख अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

दुई जिल्लाका चार स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एकअर्का पालिकामा भएका असल अभ्यासलाई अनुशरण गर्नेगरी प्रमुखहरूबीच समझदारी भएका सिंहले जानकारी दिए । यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।