घट्यो वायु प्रदूषण, खुल्यो काठमाडाैं
वि.सं.२०८१ चैत २८ बिहीवार १९:२५
shares
sf7df8f}F, !! c;f/M snÍL rqmkynufot cf;kf;sf] ;x/L If]q xjfOhxfhaf6 ;f]daf/ lbpF;f] lvFlrPsf] sf7df8f}Fsf] snÍL rqmkynufot cf;kf;sf] ;x/L If]q . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं उपत्यकाको वायु प्रदूषण कम भएको छ। बुधबार दिउँसोदेखि परेको छिटपुट वर्षा र सामान्य हावाहुरीका कारण उपत्यकाको वायु गुणस्तरमा सुधार देखिएको हो।
बुधबार दिउँसोबाट सुरु भएको वर्षा गएराति र बिहीबार बिहान पनि जारी रह्यो। वर्षासँगै चलेको हावाहुरीले लामो समयदेखि थुप्रिएको धुलो र डढेलोको धुवाँ हटाएपछि वायु प्रदूषणमा उल्लेख्य कमी आएको हो।
‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार हिजोसम्म विश्वमै सबैभन्दा प्रदूषित शहर रहेको काठमाडौं बिहीबार साँझको मापनमा १५ औं स्थानमा झरेको छ। साँझको मापन अनुसार काठमाडौंको समग्र एक्यूआई ९४ रहेको छ।
























