global ime bank Long Banner Ad

गृहपृष्ठ सेती लोकमार्ग निर्माण रोकिएको डोटी खण्डको काम सुचारु हुने

सेती लोकमार्ग निर्माण रोकिएको डोटी खण्डको काम सुचारु हुने

सेती लोकमार्ग निर्माण रोकिएको डोटी खण्डको काम सुचारु हुने

सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको रोकिएको काम पुनः सुचारु हुने भएको छ ।

आज वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले तथा वन मन्त्रालयका सचिव डा दीपक खराल लगायतका अधिकारीहरुबीच मन्त्रालयमा भएको भेटर्वार्तामा भोकाधिकार र रुख कटान आदेश नदिँदा रोकिएको सेती लोकमार्गको डोटी सडक खण्डको काम सुरु गरिने सहमति भएको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

उनले भने, “वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको थियो । आज मन्त्री ज्यु, सांसद आले ज्यु र सचिव ज्यूहरुबीच वन मन्त्रालयमा भएको छलफल पश्चात भोकाधिकार र रुख कटान आदेश दिने सहमति भएको छ । अब उक्त सडक निर्माणको काम सुरु हुने छ ।”

सांसद आलेले यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा बोल्दै वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको आरोप लगाएपछि आज मन्त्री शाही ठकुरी र सांसद आलेबीच वन मन्त्रालयमा छलफल पछि भोकाधिकार र रुख कटान आदेश दिने सहमति भएको वनमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : २१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु