global ime bank Long Banner Ad

गृहपृष्ठ सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सङ्कटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले सङ्कटा एफसी काठमाडौँलाई २–० गोल अन्तरले पराजित ग-यो । आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको सङ्कटा दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५७औँ मिनेटमा हिमाले डि बक्स बाहिरबाट सन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले आर्मीका लागि दोस्रो गोल गरिन् । विमला थापाको पासमा चन्द्राले गोल गरेपछि आर्मी २–० ले विजयी भयो । आर्मीकी हिमा प्लेयर अद दी म्याच भइन् ।

यो खेल सँगै सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार भरतपुर २४ र एपिएफ एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार आर्मीले रौतहटको सामना गर्नेछ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख तथा उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु