global ime bank Long Banner Ad

गृहपृष्ठ जनधनको क्षति कम गर्ने विषयमा प्राधिकरणको जोड रहने

जनधनको क्षति कम गर्ने विषयमा प्राधिकरणको जोड रहने

जनधनको क्षति कम गर्ने विषयमा प्राधिकरणको जोड रहने CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले आज पदभार ग्रहण गरेका छन ।

कार्यकारी प्रमुख भट्टलाई निवर्तमान कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणमा स्वागत गरे ।

प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासमार्फत जनधनको क्षति कम गर्न आफ्नो जोड रहने बताए ।

त्यसका लागि प्राधिकरणमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफ्नो ध्यान रहने उनले उल्लेख गरे ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु