global ime bank Long Banner Ad

गृहपृष्ठ खगोल शास्त्र शिक्षालाई प्रवर्द्धन गर्न विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधि

खगोल शास्त्र शिक्षालाई प्रवर्द्धन गर्न विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधि

खगोल शास्त्र शिक्षालाई प्रवर्द्धन गर्न विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधि

नेपालमा खगोलशास्त्र शिक्षालाई प्रवर्द्धन गर्न विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधि समावेश गर्न शिक्षक र विद्यार्थीलाई तालिम दिइएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आयोजना गरेको गतिशील मानव सौर्यमण्डल शिक्षक तालिम काठमाडौँको नासा कलेज, तिनकुनेमा सम्पन्न भएको हो । नेपाल तथा फ्रान्सस्थित शिक्षाका लागि खगोल कार्यालयको सहकार्यमा सो कार्यक्रम सम्पन्न हुन लागेको हो ।

तालिममा बागमती, मधेश र कोशी प्रदेशका १४ विद्यालय तथा संस्थाका २१ शिक्षक तथा शिक्षिका सहभागी थिए । दुई–दिनसम्म चलेको कार्यक्रममा ग्रहहरूको कक्षीय गतिको अध्ययन, अन्तरक्रियात्मक गतिविधि तथा गतिशील मानव सौर्यमण्डल प्रयोग गरेर ग्रहहरूको गति बुझ्ने कार्यशाला समावेश गरिएको थियो ।

तालिम तीन जना स्रोतव्यक्तिद्वारा सञ्चालन गरिएको थियो । शिक्षाका लागि खगोल कार्यालय, फ्रान्सका प्रबन्धक इमानुएल रोलिन्डे, शिक्षाका लागि खगोल कार्यालय, नेपालका प्रबन्धक सुरेश भट्टराई र शिक्षाका लागि खगोल कार्यालय, नेपालका उप–प्रबन्धक मनिषा द्वाले तालिम दिएका थिए।

कूल २१ सहभागीमध्ये सात पुरुष र १४ महिला सहभागी भएको जनाइएको छ । जसले शिक्षामा महिलाको सशक्त उपस्थिति दर्शाउँछ । कार्यक्रममा विद्यालय शिक्षामा खगोलशास्त्रलाई कसरी समावेश गर्ने, ग्रहको गतिशीलता बुझाउन व्यावहारिक कार्यशाला, तथा शिक्षकलाई गतिशील मानव सौर्यमण्डल निर्माण र प्रयोग गर्ने सीप प्रदान गरिएको जनाइएको छ ।

तालिमले शिक्षकलाई नवीनतम् शिक्षण प्रविधि अपनाउन प्रेरित गर्ने र विद्यार्थीमा खगोल शास्त्र तथा अन्तरिक्ष विज्ञानप्रति रुचि बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु