global ime bank Long Banner Ad

गृहपृष्ठ पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

निर्वाचन समितिको सामान्य गल्तीका कारण पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

आज बिहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा सामान्य त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो ।

तर आज मंगलबार साँझ ७ बजे अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त प्यानलसहित निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन अवरोध सिर्जना भएको छ।

निर्वाचन प्रक्रिया प्रभावित भएपछि सर्वपक्षीय छलफलको आधारमा नयाँ मिति तय गरिने निर्णय गरिएको छ। निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।

प्रकाशित समय : २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु