गृहपृष्ठ विधेयकलाई संगतिपूर्ण र सम्पुष्ट बनाउनुपर्छ : अर्थमन्त्री पौडेल
विधेयकलाई संगतिपूर्ण र सम्पुष्ट बनाउनुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारसम्बन्धी कानूनलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले विधेयकलाई गुणस्तरीय बनाउँदै छिटो टुंगोमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए।
‘छिटो र राम्रो कामको तालमेल मिलाउँदै विधेयकलाई अघि बढाउनु आवश्यक छ’, उनले भने।
बैठकमा नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारलाई अलग्गै प्रणालीझैं नबुझ्न आग्रह गरे। ‘भन्सार छुट्टै ग्रह होइन, त्यसका लागि फरक नियम बनाउनु आवश्यक छैन’, उनले भने।
बैंक ग्यारेन्टीको विकल्पको चर्चा गर्दै कार्कीले ‘यदि बैंक ग्यारेन्टीले राजस्वमा गम्भीर असर पार्दैन भने कानूनी मान्यताअनुसार यसको सुविधा दिनुपर्छ।’
प्रकाशित समय : २१:२४ बजे


















