global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ घट्न थाल्यो आलुको मूल्य

घट्न थाल्यो आलुको मूल्य

घट्न थाल्यो आलुको मूल्य

बजारमा आलुको मूल्य घटेको छ।

आलुको मूल्य घट्न थालेको दुई/तीन महिना भयो। उक्त समयमा बजारमा आलु प्रतिकिलो होलसेल मूल्य ५५ देखि ६० रूपैयाँ थियो। अहिले घटेर न्यूनतम २५ देखि अधिकतम ३५ रूपैयाँमा आएको छ।

अहिले आलुको मुख्य सिजन हो। यो समयमा आन्तरिक उत्पादन बढ्नुका साथै भारतीय आलु पनि भित्रिरहेको छ।

अहिलेको उत्पादन भएको आलु कलिलो हुने भएकाले कोल्डस्टोरमा राख्न मिल्दैन। त्यसैले सस्तो मूल्यमै पनि किसान आलु बेच्न तयार हुन्छन्।

बजारमा रातो आलु प्रतिथोक मूल्य ३० देखि ३५, नीलो आलु २८ देखि २९ र सेतो आलु २५ देखि २६ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित समय : ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु