गृहपृष्ठ नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान
नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज मंगलबार बिहान आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको ३१औँ प्रमुखमा नियुक्त गरेको थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सकिन केही घण्टा बाँकी रहँदा बसेको मन्त्रिपरिषद् बैठकले दाबेदार तीन अतिरिक्त महानिरीक्षक (एआईजी)मध्ये पहिलो वरीयताका एआईजी थापालाई प्रहरी नेतृत्व सुम्पेको हो ।
यसअघि वरीयता मिचेर आईजीपी बनाउँदा सरकारले अपजसको भारी बोक्नुपरेको थियो । यद्यपि, अन्य दुई आकांक्षी सुदीप गिरी र टेकबहादुर तामाङभन्दा थापा दुई साताअघि मात्रै एआईजीमा बढुवा भएका थिए ।
प्रकाशित समय : ११:१५ बजे




















