गृहपृष्ठ नेपाल लाइफले पायो तीन सञ्चालक समिति सदस्य
नेपाल लाइफले पायो तीन सञ्चालक समिति सदस्य
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन सञ्चालक समिति सदस्य पाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित सर्वसाधारण सेयरधनीहरू (समूह ख) को सञ्चालक निर्वाचन कार्यक्रम चैत २ गते वीरगञ्जमा सम्पन्न भएको थियो ।
उक्त निर्वाचनले तीन जनालाई सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको हो ।
निर्वाचित हुनेमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन छन् । नवनिर्वाचित सञ्चालक समिति सदस्यले सोही दिन पद तथा गोपनियताको सपथ लिँदै पदबहालीसमेत गरेका छन् ।
प्रकाशित समय : १०:५८ बजे




















