global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १० हजार १२६ जनाको आवेदन रद्द भएको छ । १९ लाख ५५ हजार ६८५ जना आवेकदलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

क्रेष्ट माइक्रोले फागुन २२ देखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु