गृहपृष्ठ स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. बाराकोटीले सम्हाले कार्यभार
स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. बाराकोटीले सम्हाले कार्यभार
स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा.टंकप्रसाद बाराकोटीले आजबाट विभागको जिम्मेवारी सम्हालेका छन् ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत मंगलबार २७ फागुन मन्त्रिस्तरीय निर्णय गर्दै डा.बाराकोटीलाई विभागको महानिर्देशक बनाएका थिए । तर उनले त्यसबेला नियुक्त गरिएको पत्र पाएका थिएनन् । निर्णय भएको दोस्रो दिन बुधबार समेत पत्र नपाउँदा केही अन्योल समेत उत्पन्न भएको थियो ।
महानिर्देशक बारालाकोटीले ‘मलाई महानिर्देशक बनाउने २७ फागुनकै निर्णय हो । आज पत्र पाएको छु ।
प्रकाशित समय : १२:४८ बजे


















