global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अमेरिकामा गोली हानेर मृत्युदण्ड

अमेरिकामा गोली हानेर मृत्युदण्ड

अमेरिकामा गोली हानेर मृत्युदण्ड

अमेरिकी राज्य साउथ क्यारोलिनाका हत्याको अभियोगमा दोषी ठहरिएका ६७ वर्षीय ब्राड सिग्मनलाई फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको छ । अमेरिकामा पछिल्लो पन्ध्र वर्षमा यो विधि प्रयोग गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । ब्राडलाई तीन स्वयंसेवक जेल कर्मचारीहरूले गोली हानी मारेका थिए ।

ब्राडले २००१ मा ग्रिनभिलको आफ्नो घरमा आफ्नी पूर्व प्रेमिकाका आमाबाबुको बेसबल ब्याटले हत्या गरेका थिए । उनले आफ्नी प्रेमिकाका आमाबाबुको हत्या गरेर उनकी छोरीलाई अपहरण गरेका थिए । एकतर्फी प्रेममा रहेका ब्राडले आफ्नी प्रेमिकालाई रोमान्टिक सप्ताहन्तमा टाढा लैजाने र त्यसपछि उनीसँगै आत्महत्या गर्ने योजनामा ​​थियो ।

ब्राडका वकिलहरूले विद्युतीय कुर्सीले उनलाई जिउँदै जलाउने वा गोली हान्ने मध्ये एक विकल्प रोज्न दिइदा गोली हान्ने रोजेको बताइएको छ । मृत्युदण्ड दिनुअघि उनले राज्यको सर्वोच्च अदालतमा मृत्युदण्ड रोक्न अपिल गरेपनि त्यो सफल भएन ।

सजायको समयमा, ब्राडलाई कालो जम्पसूट लगाएर कुर्सीमा बस्न लगाइएको थियो । उसको टाउकोमा टोपी थियो र छातीमा सेतो रङको रातो दाग थियो । तीन जना बन्दुकधारीले १५ फिटको दूरीबाट एकैसाथ गोली चलाएका थिए । करिब ९० सेकेन्ड पछि डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

दक्षिण क्यारोलिनामा मृत्युदण्डको विरोधमा प्रदर्शनहरू भएका थिए । ब्राडलाई मृत्युदण्ड दिनुअघि जेल बाहिर प्रदर्शनकारीहरूको समूह भेला भएको थियो । उनको हातमा हरेक जीवन बहुमूल्य छु र हत्या होइन, न्याय जस्ता नाराहरू लेखिएका थिए ।

प्रकाशित समय : ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु