गृहपृष्ठ लुम्बिनी र सुदूरपश्चिमका तराईमा आज अत्यधिक गर्मीको सम्भावना
लुम्बिनी र सुदूरपश्चिमका तराईमा आज अत्यधिक गर्मीको सम्भावना
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग साथै मधेश प्रदेशमा साधारणतया बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहनेछ भने अन्य तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको छ।
राति कोशी प्रदेशमा साधारणतया बदली रहनेछ। अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेकाले सतर्क रहन तथा विभागका पछिल्ला सूचनाबारे अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित समय : ०६:२८ बजे



















